धादिङ ०६ फागुन
बालाजुमा दुर्घटना गराएर भागेका धादिङका बस चालकले आत्मसमर्पण गरेको छ ।
गाडी चालक धादिङको सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलियाले जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसर्मपण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीका अनुसार उनी गएराति ९ बजे प्रहरी कार्यालयमा पुगेका हुन् । उनका अनुसार चालकलाई महानगरीय प्रहरी वृत बालाजुसँग समन्वय गरेर गाडीसहित काठमाडौं पठाएको छ ।
बिहीबार बिहान करिब ५ बजेर ५५ मिनेटमा बागमती प्रदेश–०१–००५ ख ९३१४ नम्बरको बसले रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं–१६ जागृति टोल बस्ने करिब ५० दुर्गामाया थापा मगरलाई किचेको थियो । गंगाहल नजिक सिसिटिभी नभएकोले दुर्घटनापछि गाडी फरार हुदा कुन रुटको कस्तो गाडीले दुर्घटना गराएको भनेर पनि पत्ता लगाउन सकेका थिएनन् । रातोपाटिबाट ।
प्रतिक्रिया दिनुहोस