आगामी आ.व. ०७६/०७७लागि आरुघाट गाउँपालकिा गोरखाको मिति २०७६/३/१० गते गाउँसभामा प्रस्तावित नीति तथा कार्यक्रमहरु
उपाध्यक्षज्यू,
सभाका सचिव ज्यु
सभाका सदस्यज्यूहरु,
सम्पूर्ण कर्मचारी वर्ग,
सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीज्यू,
पत्रकार मित्र एवंअन्य उपस्थित महानुभावहरु,
आरुघाट गाउँपालिकाको आर्थिक वर्ष ०७६-७७ को नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपाल र नेपालीको सम्मुन्नत भविष्यका लागि आजको अवस्थासम्म मुलुकलाई ल्याई पुरयाउन नेपाली जनताले पटक पटक गर्दै आएको सवै खाले आन्दोलनहरुको स्मरण गर्दै उच्च सम्मान गर्दछु । राजनीतिक परिबर्तनको यस अभियानमा आफ्नो जीवनको वलिदान गर्नुहुने संपूर्ण ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
गाउँपालिकाको भौगोलिक विविधता, आर्थिक सामाजिक, सांस्कृतिक तथा पर्याबरणीय विशिष्ठता र गाउँपालिकाबासीको चाहानालाई आत्मसात गर्दै विकासका गतिविधिहरुलाई अगाडी वढाउनुका साथै e’sDkaf6 पिडित, राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजानाबाट मुआख्जा निर्धारण हुन बाँकी रहेका आरुघाट र आर्खेत बजारको जनताहरुको समस्या, बुढिगण्डकी जलाशय युक्त विद्युत आयोजनको अन्योलता, आर्थिक मन्दी तथा मौषम अनुसारको जलवायुमा परेको नकारात्मक प्रवाव आदि हाम्रो सामू तड्कारो रुपमा रहेको समस्याहरुलाई हामी जनप्रतिनिधीहरुले सामाना गर्दै जानु हाम्रो दायित्व रहेको छ । त्यसैले सम्पूर्ण साथीहरुमा म के अनुरोध गर्न चाहन्छु भने “आवस्यकता नै आविस्कारको जननी हो” भन्ने युक्तिलाई हृदयगमन गरी अव कार्यक्षेत्रमा लाग्नु हाम्रो अनिवार्य दायित्व भएको छ । हामी सवै मिलेर आरुघाट गाउँपालिकाको दीनदुखी, असाहाय, अपाङ्ग, भूकम्प पिडित, उत्पीडित वर्ग, एकल महिला, जेष्ठ नागरिक, दलित, महिला, अल्पसंख्यक, जस्ता लक्षित वर्गको समस्या पहिचान गरी संवोधन गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधान २०७२ मा ब्यवस्था भए अनुरुप गाउँपालिकालाई सम्वृद गाउँपालिका बनाउन हामीले सन्तुलित, दीगो एवं आर्थिक विकास गर्न कृषि तथा पशुमा आधारित व्यवसायिक तथा स्वरोजगारीका कार्यक्रमहरु संचालनमा ल्याउनुपर्ने भएको छ । उद्यमशीलता विकास मार्फत व्यवसाय विस्तार गर्ने गरी बिभिन्न प्रकृतिका ब्यवसायिक तथा सीपमूलक तालिम कार्यक्रमहरुलाई अगाडि बढाईने छ ।
पहिलो र दोश्रो बर्ष हामीले ससाना टुक्रे कार्यक्रमलाई पनि महत्व दिनुपर्ने बाध्यता रहेकोमा आगामी आर्थिक बर्षमा दीर्घकालिन महत्वका दीगो विकासका कार्यक्रमहरु संचालनको प्रयास गरिनेछ ।
हामीले पहिलो गाउँसभाबाट तय गरेका दीर्घकालिन महत्वका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिने गरी आर्थिक वर्ष ०७६/७७को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
१. आर्थिक बिकास
क) कृषि
“निर्वाहमुखी होइन व्यवसायिक कृषिमा जोड दिऔं ! गाउँ मै रोजगारीको अवसर लिऔं !!”
ख) पशुपन्छी
” पशुपालनमा व्यवसायिकता अपनाऔं ! पशुजन्य उत्पादनमा आत्मनिर्भर भई आर्थिक विकासमा टेवा पुरयाऔं!!”
ग) उद्योग बाणिज्य
घ) पर्यटन तथा संस्कृति प्रबर्धन
” मौलिकताको संरक्षण र संवर्द्धन गरौँ ! पर्यटकलाई आकर्षित गरौँ !!”
ङ) सहकारी
च) भूमि ब्यवस्थापन
“भूमिलाई उचित ब्यबस्थापन गरौँ ! वाँझो जग्गा नछोडऔं !!”
२. सामाजिक विकास
क) शिक्षा
” गुणास्तरीय शिक्षामा प्राथमिकता !प्राविधिक शिक्षा आजकोआबश्यकता !!”
ख) स्वास्थ्य
“स्वास्थ्य वीमा गरौँ !सरकारी सुविधा लिन थालौं !!”
ग)खानेपानी तथा सरसफाई
“स्वच्छर सफा पानी पिऔं ! रोगबाट मुक्त होऔं !!”
घ) यूवा तथा खेलकूद
“युवाहरुलाई उचित अवसर दिऔं !गाउँको विकासमा परिचालन गरौँ !!”
च) लैंगिक समानता तथा सामाजिक समावेशीकरण
क) महिला तर्फ
“महिलाहरुको सम्मान गरौँ ! समावेशीलाई कार्यन्वयन गरौँ !!”
ख) बालबालिका तर्फ
ग) अपांग तथा ज्येष्ठ नागरीक तर्फ
घ) आदिवासी/ जनजाति तर्फ
ङ) दलित, मुस्लिम, एवं पिछडाबर्ग
” छुवाछुतको व्यवहार मै अन्त्य गरौँ ! समावेशी समाजको निर्माण गरौँ !! “
च ) गरिवी निवारण तर्फ
३. पुर्वाधार विकास
क) सडक
ख) झोलुंगे पुल/ पुलेसा/मोटरेबल पुल
ग) भवन तथा सहरी बिकास
“भूकम्प प्रतिरोधी भवन निर्माण गरौँ ! सुरक्षित जीवन व्यतित गरौँ !!”
घ) बिद्युत तथा बैकल्पिक उर्जा
ङ) संचार
च) सिंचाई
वातावरण तथा विपद ब्यवस्थापन
” वन संरक्षण र उचित उपयोग गरौँ ! हरियाली वातावरण बनाऔं !! “
ख) जलाधार संरक्षण
ग) वातावरण संरक्षण तथा जलवायु परिवर्तन
घ) फोहरमैला तथा ढल व्यवस्थापन
ङ) जल उत्पन्न प्रकोप नियन्त्रण
च) विपद व्यवस्थापन
५.संगठन तथा प्रशासन ,सुशासन,पारदर्शिता /सेवा प्रवाह
” संगठन र प्रशासनलाई चुस्त बनाऔं ! सार्वजनिक सेवालाई प्रभावकारी बनाऔं !! “
६.न्यायिक समिति
“न्यायिक समितिलाई प्रभावकारी बनाऔं ! स्थानीय तहमा नै समस्या समाधान गरौँ !!”
७.गैह्र-सरकारी संघ संस्था
“सरकारी र गैरसरकारी प्रतिस्पर्धा नभई समन्वयात्मक ढंगबाट काम गरौँ !उत्कृष्ठ विकासमा टेवा पुर् याऔं!!”
८.भूकम्प पुनर्निर्माण
९. बुढीगण्डकी जलाशययुक्त आयोजना
उपर्युक्त नीति तथा कार्यक्रमहरु नीति तथा कार्यक्रम प्रस्तुतिकरण समारोहमा उपस्थित हुनु भएका अतिथिज्यूहरुबाट प्रभाबकारी कार्यान्वयनका लागि सल्लाह ,सुझाबको अपेक्षा गरेको छु । गाउँपालिकामा उपलब्ध श्रोत र साधनले धान्न नसकेका आयोजनाहरुलाई केन्द्र र प्रदेश पठाइनेछ । गाउपालिकाको समष्टिगत विकासको लागि सहयोग पुर्याउनु हुने राष्ट्रिय योजना आयोग ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,प्रदेश सरकार ,नेपाल सरकारका अन्य मन्त्रालय लगायत विकास साझेदार संस्थाहरु संग गाउपालिकाको प्राथमिकताका आधारमा आवश्यक बजेट विनियोजना गरिदिनु हुन हार्दिक आग्रह गर्दछु ।
अन्तमासिमित स्रोत, साधन र जनशक्तिको सिमिततालाई ध्यान दिदै रचनात्मक सुझाव दिन, गलत कदम उपर समयमै खवरदारी गर्न र राम्रा कार्यहरुलाई प्रशंसा गर्न आग्रह गर्दछु ।साथैनीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने यहाहरु सबैलाई आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्दछु ।
नमस्कार ! जय, आरुघाट !
पूर्ण बहादुर दाहाल
अध्यक्ष
आरुघाट गाउँपालिका
प्रतिक्रिया दिनुहोस