सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगबारे अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ ।
घटनास्थलमा तालिमप्राप्त कुकुर पठाइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताउनुभयो । सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको एसपी थापाले बताएका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएका छन् । फरेन्सिक चिकित्सकको टोलीले पनि हत्याको प्रकृतिबारे अनुसन्धान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस