धादिङ ०४ फाल्गुण
बाल विवाह अन्त्य सम्बन्धि एक दिने सचेतनामूलक कार्यक्रम चौतारा माध्यमिक बिद्यालय नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ सेमजोङमा मंगलबार सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँ पालिकाका उपाध्यक्ष उर्मिला तामाङ गुरूङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्यको प्रमुख आथिथ्यमा सम्पन्न बाल विवाह अन्त्य सम्बन्धि सचेतनाूुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल विवाह, बाल विवाहका कारण, बालविवाहले पार्ने नकारात्मक असरहरू बालविवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिका, महिला समूह, वडा कार्यालय बिद्यालय तथा अन्य सरोकारवालाहरूको काम कर्तव्य र जिम्मेवारी तथा बाल विवाह सम्बन्धी कानुनी व्यवस्था र हुने सजाय लगायतका विषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक तथा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियो ।
बालविवाह अन्त्य सम्बन्धी सचेतनामूलक कार्यक्रममा चौतारा माध्यमिक बिद्यालय सेमजोङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर तामाङ, प्रधानाध्यापक बेग बहादुर तामाङ तथा चौतारा माध्यमिक बिद्यालय सेमजोङका २० जना छात्र छात्रा र अन्य सरोकारवालाहरू सहित ३१ जनाको सहभागिता रहेको नेत्रावती डबजोङ गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बेनिशा जिसीले जानकारी दिनु भयो ।
कार्यक्रमको अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङ गुरूङले नेत्रावती डबजोङ गाउँपालिकालाई बालबिवाह मुक्त गाउँपालिका बनाउने उदेश्यका साथ अभियान कै रूपमा सचेतनामूलक कार्यक्रम संञचालन गरिएको बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस