धादिङ ०३ फागुन
धादिङबेसीमा सञ्चालित निःशुल्क मोतियाबिन्दुको अप्रेसन शिविरमा आज ३० जनाले सल्यक्रिया गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजना तथा द फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियाको सहयोगमा सञ्चालित निःशुल्क मोतियाबिन्दुको अप्रेशन शिविर आइतबारबाट सुरु भएको हो ।
शिविरमा आइतबार २२ जना, सोमबार ५६ जना र मंगलबार ३० जना गरी १०८ जनाले शल्यक्रिया गरेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिंह तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस