गोरखा ०२ फागुन
जनयुद्धका सहिद रिता बन्जरा र नर बहादुर आले मगरको २१ औँ स्मृति सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी भिमसेनथपा गाउँपालिका २ नम्बर वडा कमिटीको आयोजनामा सोमबार स्मृति सभा आयोजना गरिएको हो ।
सहिद रिता बन्जराका भाइ किसान बन्जराको अध्यक्षतामा भएको स्मृति सभामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य कृष्ण धितालको प्रमुख आतिथ्यता तथा प्रदेश प्रतिनिधि शेषनाथ भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।
सहिदद्धय रिता बन्जरा र नर बहादुर आले मगरलाई २०५७ साल फागुन २ गते गोरखाको बगुवा रिठ्ठेपानीमा तत्कालित शाही नेपाली सेनाले त्रुरतापूर्ण तरिकाले हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस