धादिङ ०२ फागुन
धादिङबेसीमा सञ्चालित निःशुल्क मोतियाबिन्दुको अप्रेसन शिविरमा आज ५६ जनाले सल्यक्रिया गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजना तथा द फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियाको सहयोगमा सञ्चालित निःशुल्क मोतियाबिन्दुको अप्रेशन शिविर आइतबारबाट सुरु भएको हो ।
शिविरमा आइतबार २२ जना र सोमबार ५६ जना गरी ७८ जनाले शल्यक्रिया गरेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिं तामाङले जानकारी दिनुभयो ।
मङ्गलबार पनि शिविर सञ्चालन हुने बताउँदै तामाङले बिहान ९ बजेभित्र आइपुग्न सबै सेवाग्राहीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस