धादिङ ०२ फागुन
पछिल्लो २४ घण्टामा धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ संक्रमित संक्रमणमुक्त भएका छन् ।
आज जिल्लाभर गरीएको ५ एन्टिजेन परीक्षणमध्ये गंगाजमुना गाउँपालिकाका ३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्लामा अब सक्रिय संक्रमित ८६ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ८४ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४६० पुगेको छ । संक्रमित मध्ये ९ हजार ३१३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस