शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् । एक कक्षामा नयाँ भर्ना लिन परीक्षाले फरक नपार्ने मन्त्रालयका प्रवक्ता शर्माले बताए । ‘वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुन्छ । नतिजा प्रकाशन, पुस्तक वितरण र तत्काल पठनपाठन सुरु गर्ने हिसाबले स्कुलहरुले मिलाउनुपर्छ ।’
एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्ने नियम छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुनुपर्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ
प्रतिक्रिया दिनुहोस