धादिङ ०२ फागुन
नेकपा(माओवादी केन्द्र) नीलकण्ठ १४ धुवाकोटमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । आइतबार जनयुद्ध दिवसको अवसर पारी पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
माओवादी केन्द्र धुवाकोट गाउँ कमिटी अध्यक्ष नमराज दुवाडीको सभापतित्व रहेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका सहसचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो भने प्रदेश कमिटी सचिवालय सदस्य एवं नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुर्लाकोटीले एम.सिं.सि कै कारण हालको गठबन्धन तोडिने अवस्था सिर्जना भएको बताउँदै माओवादीले कहिले पनि राष्ट्र र जनताको हित बिपरितका कुनै पनि सन्धी सम्झौता नगर्ने प्रष्ट पार्नुभयो । जनयुद्धको क्रममा धादिङको धुवाकोटबाट मात्रै ८ जनाले वीरगति प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस