धादिङ ०२ फागुन
२७ औं ऐतिहासिक जनयुद्व दिवस धादिङमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । दिवसको अवसरमा धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २ महिला र २५ जना पुरुष सहित २७ जनाले रक्तदान गरेका थिए ।
यस्तै दिवसकै अवसर पारी जिल्ला प्रशासन कार्यालय परिसरभित्र रहेको जनयुद्धका बेपत्ता प्रतिक्षालयमा दीप प्रज्ज्वलन समेत गरिएको छ । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको थियो ।
जसको उपलब्धी स्वरुप देशमा राजतन्त्रको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ भने संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता उपलब्धीहरु हासिल भएका छन् ।
प्रतिक्रिया दिनुहोस