राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् ।
थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् । राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।
थापाले माघ २५ गते पत्रकार सम्मेलन गरेर पार्टीबाट अलग हुने घोषणा गरेको थिए । उनले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग भएका हुन् ।
प्रतिक्रिया दिनुहोस