धादिङ ०१ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ बाट शनिबार विभिन्न पार्टी परित्याग गरी नेकपा(माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
खाल्टेको पतेनी, पाल्पाली टोल र गोर्खाली टोलबाट नेपाली काङ्ग्रेसका २५ जना भन्दा बढी कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी उपाध्यक्ष अमृत तामाङले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका स्थानीय नेताहरु बुधे नेपाली, मिना नेपाली र दोमराज खतिवडाको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमा माओवादी केन्द्र धादिङका अध्यक्ष विजय बुर्लाकोटी, नीलकण्ठ नगर उपप्रमुख एवं माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य मनराज भण्डारी, नगर कमिटी अध्यक्ष सम्भु श्रेष्ठ, उपाध्यक्षद्धय वद्रि प्रसाद सुवेदी र अमृत तामाङ लगायतको उपस्थिति रहको थियो ।
प्रतिक्रिया दिनुहोस