धादिङ २९ माघ
२७ औँ जनयुद्ध दिवसको अवसर पारी भोलि(फागुन १ गते) धादिङबेसीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा(माओवादी केन्द्र)नीलकण्ठ नगर कमिटीको आयोजनामा हुन लागेको रक्तदान कार्यक्रमको प्राबिधिक सहयाग भने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको रहेको छ । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको थियो ।
जसको उपलब्धी स्वरुप देशमा राजतन्त्रको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ भने संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता उपलब्धीहरु हासिल भएका छन् ।
प्रतिक्रिया दिनुहोस