धादिङ २९ माघ
धादिङमा ३९ हजार भन्दा बढि मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ माघ २४ गतेसम्म ३९ हजार ६८८ जनाले मतदाताका नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै हाल जिल्लामा १ लाख ३९ हजार ४०० जना पुरुष, १ लाख ३३ हजार ७९२ जना महिला र तेश्रो लिङ्गी १ जना गरी जम्मा २ लाख ७३ हजार १९३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत २ लाख ३३ हजार ५०५ मतदाता रहेका थिए । धादिङमा दर्ता भएको मतदाता नामावली दर्ता विवरण निर्वाचन आयोग पठाइएको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो ।
आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने जनाएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस