धादिङ २९ माघ
धादिङका थप २६ जना कोरोना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा धादिङ अस्पतालमा गरीएको ५ एन्टिजेन परिक्षण मध्ये ४ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्लामा अब सक्रिय संक्रमित ९४ जना बाँकी रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४५६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस