धादिङ २९ माघ
तामाङहरुको महान चाड मन्जु श्री सम्बत २८५८ औ (ताक ल्हो) बाघ बर्ग को अबसरमा सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम नीलकण्ठ नगरपालिका १४ धुवाकोटको मानेमा सम्पन्न भएको छ ।
लामारिन्जेन छ्युङ्डुब्लिङ गुम्बा समिति र जनआवाज युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा निम बहादुर गुरुङको सभापतित्व रहेको थियो भने नेकपा(माओबदी केन्द्र) धादिङका सह–इन्चार्ज राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, बागमती प्रदेश कमिटी सदस्य एंव नीलकण्ठ नगरपालिकाका उप–प्रमुख मनराज भण्डारी, माओबादी केन्द्र विशेष प्रदेश कमिटी सदस्य सोम्बले तामाङको विशेष आतिथ्य, नीलकण्ठ नगर कमिटीका उपाध्यक्ष अमृत तामाङ, नगर कमिटी कोषाध्यक्ष कमला तामाङ, माओबादी केन्द्र धुवाकोट गाउँकमिटीका अध्यक्ष नवराज दुवाडी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथि राम बहादुर भण्डारीले तामाङ समुदायको पहिचान, अधिकार र संस्कारलाई माओवादीले समान स्थान दिएको बताउनुभयो । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुले सास्कृतिक प्रस्तुति गरेका थिए भने स्थानीय झाकी पनि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस