शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । पहिल स्थानमा रहेको मछिन्द्र एफसीले च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ ।
उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा अपराजित रहेको मछिन्द्र पहिल स्थानमा छ भने समान खेल खेलेको च्यासल अन्तिम स्थानमा छ । उपाधिलाई जोगाउन च्यासलविरुद्धको खेल मछिन्द्र एफसीलाई महत्वपूर्ण रहने छ । आजै दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लब बीच पनि खेल हुदैछ । थ्री स्टारले मनाङलाई पराजित गरेमा मनाङसँग नै अंक बराबरीसमेत गर्नेछ । यो खेल दशरथ रंगशालमा ४:४५ बजे सुरु हुनेछ । खेलमा मनाङ मर्स्याङ्दीको विजय भएमा उपाधिको लागि मछिन्द्रलाई टक्कर दिने छ ।
यस्तै आजै विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुदैछ । उक्त खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे बाट सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस