धादिङ २८ माघ
फागुन १ गतेबाट मालपोत कार्यालय धादिङको सेवा सुचारु हुने भएको छ ।
कार्यालयले शुक्रबार सूचना जारि गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण स्थगन गरिएका सबै सेवाहरु सुचारु गरिने जानकारी दिएको हो ।अब सबै बार सबै खाले सेवा प्रवाह हुने भएको छ ।
कार्यालयले माघ २० गतेदेखि १३ वटा स्थानिय तहका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस