धादिङ २८ माघ
पछिल्लो २४ घण्टामा धादिङमा ९ जनाको एण्टीजेन परिक्षण गर्दा ८ मा कोरोना पोजिटिभ देखिएको छ ।
थप १२ संक्रमित निको भएका छन् । आज ज्वालामुखीमा ४, गंगाजमुनामा ३ र धुनिबेसिमा १ गरी ८ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमित संख्या १ सय १६ रहेको छ । संक्रमित १ सय १६ जनानै होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस