गोरखा २७ माघ
गोरखाको भिमसेनथापा गाउँपालिकाको प्रशासकीय भवनको बिहिबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले हिन्दु परम्परा अनुसार भवनको शिलान्यास गर्नुभएको हो । रु. ३ करो ४० लाखमा ठेक्का सम्झौता भएको ३ तले भवन सकेसम्म छिटो सम्पन्न गर्न आग्रह समेत गर्नुभएको छ ।
भवन शिलान्यास कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पाण्डेले आफू निर्वाचित भएपश्चात गाउँपालिकाभित्र धेरै स्थायी संरचनाहरु निर्माण गर्न कोशिस गरेता पनि विभिन्न कारणले समयमा निर्माण गर्न नसकेता पनि आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासकीय भवनका साथै यो आर्थिक वर्षभित्रमा १० सैयाको अस्पताल, औद्योगिक ग्राम, गाउँपालिकाको शाखा कार्यालय, बृहत बर्खे सिञ्चाइ योजना र बाकी रहेका वडा कार्यालय भवनहरु लगायत विभिन्न महत्त्वपूर्ण आयोजनाहरु सुरुवात गर्ने प्रकृयामा गएको समेत प्रष्ट पार्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत विजयराज वाग्ले कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस