बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । गत माघ १८ गते बसेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाउने निर्णय गरेको थियो ।
बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्था रहेका छन् । ती स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिलाई गर्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको थियो । ती नियुक्तिहरु खारेज गर्ने वर्तमान सरकारको तयारी रहेको छ ।
यसअघि ती अस्पतालहरुमा नेकपा एमाले र माओवादी केन्द्र निकट व्यक्तिहरु अध्यक्ष रहेका थिए । वर्तमान सरकारले ती अध्यक्षहरूलाई हटाएर नयाँ अध्यक्षहरू नियुक्त गर्ने तयारी गरेको छ । नयाँ अध्यक्ष नियुक्तिको लागि भने तत्काल कुनैपनि पहलहरू नभएको जनाइएको छ ।
मन्त्री लामाले गठबन्धनमा आवद्ध दलहरुबाट नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी गरेका छन् । हाल गठबन्धनमा रहेका माओवादी केन्द्र र समाजवादी दललाई पनि केही स्थानमा अध्यक्ष दिने तयारी भइरहेको जनाइएको छ । रातोपाटिबाट
प्रतिक्रिया दिनुहोस