धादिङ १३ आषाढ
चमेरे गुफालाई पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ शुक्रबार नीलकण्ठ नगरपालिका वडा नं. १ गैरीबसामा रहेको चमेरे गुफा सिडी उद्घाटन तथा पर्यटन प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. ३ वन तथा पर्यटन मन्त्रालयको रु २० लाख र स्थानीयको ५ लाख ३९ हजार ४ सय २९ को श्रमदानमा सम्पन्न भएको चमेरे गुफा जाने सिडी प्रदेश सांसद डा. राम कुमार अधिकारी र नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष गणेश गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता, नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीको विशेष आतिथ्यता, नेकपा नेताहरु विजय बुर्लाकोटी, सम्भु श्रेष्ठ, शङ्कर अधिकारी, लक्ष्मण रम्तेल, पर्यटन व्यवसायी कमल सापकोटा, ठाकुर प्रसाद सापकोटा, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, वडा नं. २ का अध्यक्ष ध्वज बहादुर गुरुङ, वडा नं. ११ का अध्यक्ष तिलक थापा मगर, कलाकार द्धय मनमाया वाइबा, राकेश गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन व्यवसायी कमल सापकोटाले पर्यटन प्रबद्र्धन गर्नका लागि आफ्नो गाउँ ठाउँमा भएका सम्भावनाहरुको पहिचान गर्नुपर्ने, स्थानीय तह संघ र प्रदेश सरकारले पर्यटनलाई मध्यनजर गरेर विकास बजेट छुटउनुपर्ने र जतनाको जीवनस्तर उकास्नका लागि पर्यटन प्रबद्र्धन गर्न व्यवसायीहरु लाग्नुपर्ने बताउनु भयो ।
यस्तै नेकपा नेता विजय बुर्लाकोटीले नीलकण्ठ नगरपालिका वडा नं. १ नुवाकोट जिल्लासँग जोडिएको र धादिङ सदरमुकामको नजिकै भएकाले यस ठाउँको प्रचार प्रसार गरी पर्यटन प्रबद्र्धन गर्नतर्फ सबै लाग्नुपर्ने बताउनु भयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले नगरपालिकाले चमेरे गुफा पर्यटन प्रबद्र्धनको डिपिआर तयार गरेर तत्कालै काम सुरु गर्ने बताउँदै उक्त ठाउँका सम्पूर्ण विकास गरी जनताको जीवनस्तर उकास्न नगरपालिकाले पूर्ण सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद डा. राम कुमार अधिकारीले यो ठाउँको विकासमा नेकपाको मूख्य भूमिका रहेको बताउँदै चमेरे गुफाको पर्यटन प्रबद्र्धनका साथै उक्त ठाउँको विकासका लागि क्रमशः योजनाहरु निर्माण गर्दै जनताको जीवनस्तरमा सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो ।
गुरुङ समुदायको बाक्लो बस्ती रहेको उक्त ठाउँमा चमेरे गुफा अवलोकन गर्न आउने पर्यटकहरुलाई खान बस्नको लागि स्थानीय तहमा होम स्टेको व्यवस्था र सडक बाटोको स्तरोन्नति गर्न सके प्रचुर मात्रामा पर्यटकहरु भित्रिने पर्यटन व्यवसायी ठाकुर प्रसाद सापकोटा बताउनु हुन्छ ।
कार्यक्रममा कलाकार द्धय मनमाया वाइबा र राकेश गुरुङले रमाइलो गीत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस