धादिङ २६ माघ
राष्ट्रिय भुमी आयोग धादिङको अध्यक्षमा नवनियुक्त कृष्ण प्रसाद अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।
बुधबार जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्तिथिमा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेलगत्तै जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरेर अन्तक्रिया पनि गरेको छ ।
अन्तरक्रियामा आयोगमा नवनियुक्त अर्यालले भुमी समस्या सबैको सरोकारको विषय भएकोले सबै राजनीतिक दलसंगको समन्वय गरेर सहज ढंगले काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय भुमी आयोगले पुर्णता पाएसंगै अबका केही बर्षभित्र भुमी समस्या समाधान हुने नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस