फागुन ४ गतेदेखि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण शेयर आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले रु।८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
निष्काशन गरिने कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरूलाई बचत गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । अहिले सम्म आइपीओ जारी गरेका लघुवित्तमध्ये राष्ट्र उत्थानको आइपीओ नै सबैभन्दा ठूलो रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस