सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।
आजै आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ। चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि अघि नै आयोगले मिति सिफारिस गरेको हो।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै भोलिबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गर्ने थपलियाले बताउनुभयो।
देशभरि एकै चरणमा चुनाव गर्न आयोग सक्षम रहेको थपलियाले बताउनुभयो। सेतोपाटिबाट
प्रतिक्रिया दिनुहोस