धादिङ २४ माघ
धादिङका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाभर गरिएको ७५ एण्टिजेन परिक्षणमध्ये धादिङ अस्पतालमा १३, त्रिपुरासुन्दरीमा ६, धुनिबेसीमा ४, बेनिघाटमा ३, ज्वालामुखीमा ३, गंगाजमुनामा २ र गजुरीमा १ गरि जिल्लामा ३२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस्तै बितेको २४ घण्टामा ७३ संक्रमित संक्रमण मुक्त भएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमित २ सय ६१ जना बाँकी रहेका छन् ।
संक्रमित मध्ये २ सय ५२ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस