कपिल जम्कट्टेल
धादिङ १३ आषाढ
जिल्लाकै संस्थागत विद्यालयतर्फको पुरानो विद्यालय सुनगाभा एकेडेमीमा शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्राथमिक तहमा पेन्टिङ, कक्षा १–५ मा गायन प्रतियोगिता र कक्षा ६–९ मा बाँसबाट विभिन्न हस्तकलाका सामग्री बनाउने कार्यक्रमहरु रहेका थिए । बाँसका हस्तकलाका सामग्री बनाउने प्रतियोगितामा विद्यार्थीहरुले आफूले निर्माण गरेका सामानहरुको प्रदर्शनी गरेका थिए ।
उत्कृष्ट र उपयोगिताको आधारमा बासँका सामग्री बनाउने प्रतियोगितामा राज पाण्डेको पिङ, सुस्मिता तामाङको घर र पार्वती तामाङको छाप्रो प्रथम द्धितीय र तृतीय भएका हुन् । ५२ जनाको सहभागिता रहेको गायनतर्फ प्रिजेन्ट सिंखडा प्रथम, प्रज्ञान दुवाडी द्धितीय र सीमा सुनुवार तृतीय भएका हुन् ।
प्रतिक्रिया दिनुहोस