सरकारले कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरेर आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ।सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको छ।
यसैगरी आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० बैठकले फागुन १ गतेदेखि विद्यालय, सिनेमा घर र रात्रीकालिन व्यवसाय संचालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको छ।
माघ १ गतेदेखि १२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित भौतिक पठनपाठन र सोभन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो कक्षा संचालन हुने गरि अघि बढ्न पनि सीसीएमसीले सिफारिस गरेको छ।
प्रतिक्रिया दिनुहोस