संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका छन् । शनिबार मारवाडी सेवा समिति नेपालले आफ्नो ६९ औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशाला गौशालामा आयोजना गरेको निःशूल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले सो कुरा बताएका हुन् ।
मारवाडी सेवा समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा अमूल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप बिस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले राजनीति पेसा नभएर सेवा भएकाले आफू पनि जनताको सेवा गर्नका लागि राजनीतिमा प्रवेश गरेको र हामी शासक नभई सेवक भएको बताए । उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परि खुट्टा गुमाएका नागरिकहरूलाई निःशुल्क रूपमा कृत्रिम खुट्टा वितरण गरिएको पशुपति धर्मशाला गौशलाका अध्यक्ष चर्तुभुज सरियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस