धादिङ २१ माघ
पछिल्लो २४ घण्टामा धादिङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ संक्रमित संक्रमण मुक्त भएका छन्।
आज जिल्लाभर गरिएको १२ एण्टिजेन परिक्षणमध्ये धुनिबेसिमा ५, निल्कण्ठमा २, ज्वालामुखीमा २ र गल्छीमा १ गरि १० जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ३ सय ९१ पुगेको छ । संक्रमित मध्ये ३ सय ८३ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस