धादिङ २० माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित रामकोट घिउरिनटारमा रहेको ५० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा बिहिवार भएको सम्झौता पत्रमा उद्योग मन्त्रालयका सह–सचिव पौडेल तथा नीलकण्ठ नगरपालिकाको तर्फबाट मेयर भिम प्रसाद ढुङ्गाना, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, लेखा अधिकृत भुमिराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । चालु आर्थिक वर्षमा नै पुर्वाधार विकासका लागि ९२ लाख रुपैँया दिने सचिव स्तरिय निर्णय समेत भएको छ ।
१४ करोड लागतको डि पि आर रहेको औद्योगिक ग्राम गत पुस ३० गतेका दिन मन्त्रिपरिषद बैठकबाट स्विकृत भएको थियो ।
औद्योगिक ग्रामको स्थापनाबाट स्थानिय कच्चा पदार्थमा आधारित उद्योगहरु स्थापना गरि युवा रोजगार, उद्यमशिलताको विकासमा समग्र नीलकण्ठ नगरपालिका र धादिङ जिल्लाकै आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने मेयर ढुङ्गानाले बताउनुभएको छ ।
औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
फोटो स्रोत : प्रकाश श्रेष्ठ
प्रतिक्रिया दिनुहोस