धादिङ १९ माघ
धादिङमा बुधबार एकै दिन १ सय ९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने भने १२ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार बुधबार बेनीघाट रोराङमा १, ज्वालामुखीमा २ र नेत्रवाती डब्जोङमा ९ गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लाको सक्री संक्रमितको संख्या ४ सय ८९ पुगेको छ भने ९ जना हस्पिटल आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस