धादिङ १८ माघ
धादिङमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६२ संक्रमित संक्रमण मुक्त भएका छन।
जिल्लाभर गरिएको ५८ एण्टिजेन परिक्षणमध्ये गंगाजमुनामा र धुनिबेशीमा ७र७ जना, बेनिघाट रोराङ, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ३र३ जना, नीलकण्ठ र गजुरीमा २र२ जना गरी २७ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
यस्तै धादिङ अस्पतालमा गरीएको १३ पिसिआर परिक्षणमा १० पोजिटिभ देखिएको कार्यालयले जनाएको छ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ५ सय ९६ पुगेको छ।संक्रमित मध्ये ५ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस