प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्। सोमबार साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको छलफलमा देउवाले जेठ पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बताएका हुन्।
स्थानीय तहका जनप्रतिनिधिको कार्यावधि जेठ ५ गते सकिँदैछ। तर, २०७४ सालमा तीन चरणमा भएको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा कार्यविधिको विषयलाई एकमत छैन। स्थानीय तहसम्बन्धी ऐन र संविधान बाझिएको भन्दै संशोधन गर्नुपर्ने पक्षमा छन्।
यस्तै, प्रधानमन्त्री देउवाले आजै स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श गर्ने कार्यक्रम रहेको नेता गिरिले बताए।
प्रतिक्रिया दिनुहोस