धादिङ १७ माघ
धादिङमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६१ संक्रमित संक्रमण मुक्त भएका छन् ।
संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लाभर गरिएको १ सय १३ एण्टिजेन परिक्षणमध्ये निलकण्ठमा २०, धादिङ अस्पतालमा १४, ज्वालामुखीमा १३, धुनिबेसिमा ५, त्रिपुरासुन्दरीमा ४, रुवी भ्यालिमा ४ र गंगाजमुनामा २ गरि ६२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २१ पुगेको छ । संक्रमित मध्ये ६ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस