धादिङ १६ माघ
धादिङमा पछिल्लो २४ घण्टामा थपिने कोरोना संक्रमित भन्दा निको हुने बढि रहेका छन् ।
आज ७७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८५ संक्रमित संक्रमण मुक्त भएका छन् । जिल्लाभर गरिएको १ सय ४३ एण्टिजेन परिक्षणमध्ये धादिङ अस्पतालमा १९, ज्वालामुखीमा १७, त्रिपुरासुन्दरीमा १२, धुनिबेसिमा ७, बेनिघाट रोराङमा ७, गंगाजमुनामा ५, गजुरीमा ५, नीलकण्ठमा ३ र नेत्रावती डवजोङमा २ गरी ७७ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २० पुगेको छ । संक्रमित मध्ये ६ सय ९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस