धादिङ १३ आषाढ
नेपाली काङ्ग्रेसले जनताको हित अनुसार काम नगरेको, जन अपेक्षा पुरा गर्न नसकेको र युवावर्ग लक्षित कार्यक्रममा सबै युवाहरुलाई समेट्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै नीलकण्ठ नगरपालिका वडा नं. १ का करिब ४० जना युवाहरु शुक्रबार नेपाली काङ्ग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।
नेकपा प्रदेश सदस्य एवं प्रदेश ३ का सांसद डा. राम कुमार अधिकारी, नेकपा प्रदेश सदस्य एवं नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, नेकपा प्रदेश सदस्य विजय बुर्लाकोटी, सम्भु श्रेष्ठ, नेकपा धादिङका जिल्ला सदस्य लक्ष्मण रम्तेल, शङ्कर अधिकारी, वडा नं. १ का वडा अध्यक्ष गणेश गुरुङ, वडा नं. २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङ, वडा नं. ११ का वडा अध्यक्ष तिलक थापा मगर लगायतका नेताहरुको उपस्थितिमा शुक्रबार नीलकण्ठ नगरपालिका वडा नं. १ खाल्टे गैरीबसामा एक कार्यक्रमको आयोजना गर्दै युवाहरु नेकपा प्रवेश गरेका हुन् ।
नेकपामा जुझारु युवाहरुलाई स्वागत गर्दै डा. अधिकारीले देश र जनताको हित, अपेक्षा र आम युवाहरुलाई समेट्दै अगाडि बढ्ने पार्टी नेकपा नै भएकाले सबै युवाहरुलाई नेकपा आगमनको लागि हार्दिक अनुरोध समेत गर्नुभयो ।
नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा हस्त बहादुर गुरुङ, विजय गुरुङ, गोपाल गुरुङ, शङ्कर गुरुङ, सोनाम गुरुङ, केशव गुरुङ, दिपक गुरुङ, पदम गुरुङ, दिनेश गुरुङ, एकराज गुरुङ, दिपक गुरुङ (क), दिपक गुरुङ (ख), विशाल गुरुङ, राज कुमार गुरुङ, राजेन्द्र गुरुङ, चन्द्र बहादुर गुरुङ, न्यारय गुरुङ, सञ्जय गुरुङ, जीवन गुरुङ, सुरेश गुरुङ, मेश बहादुर गुरुङ, निर्मला गुरुङ, अजित गुरुङ लगायत करिब ४० जना युवाहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस