धादिङ १४ माघ
धादिङमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३६ संक्रमित संक्रमण मुक्त भएका छन् ।
आज जिल्लामा ७८ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा १५, नीलकण्ठ नगरपालिकामा ११, धुनिबेशीमा ६, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ५,५ जना र गजुरीमा ४ जना गरी ४६ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै हाल जिल्लाको सक्रिय संक्रमित ६ सय २४ पुगेको छ ।
संक्रमित मध्ये ६ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर ५८ दशमलब ९ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस