तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि।स। २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो ।
यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि।स। २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।
यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०।९३ प्रतिशत हुन आउँछ । २०६८ सालको जनगणनामा वृद्धिदर १।३५ प्रतिशत थियो ।
विसं १९९८ को जनगनणायता पहिलो पटक नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम कायम भएको विभागले जनाएको छ । विभागले तथ्यांक सार्वजनिक गर्नेक्रममा प्रक्षेपणअनुसार जनसंख्या वृद्धि नभएको पाइएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस