धादिङ १२ माघ
नीजि क्षेत्रबाट सञ्चालित धादिङ जिल्लाकै उत्कृष्ठ विद्यालय धादिङ आवासीय माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलबाट वर्ष २०२१–२०२४ का लागि आइएसए अवार्ड (इन्टरनेशनल स्कूल अवार्ड) प्राप्त गरेको छ ।
विद्यार्थीको गुणस्तरीय शिक्षामा जोड दिने उद्देश्यका साथ २१ औँ सताब्दीको बदलिदो शिक्षामा विद्यार्थीहरुलाई जोड्ने प्रयत्न स्वरुप सान् २०२० मा ब्रिटिस काउन्सिलसँग आइ.एस.ए आइएलओ गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी पाण्डेले बताउनु भयो ।
आइएसए अन्तरगतका विभिन्न ८ वटा प्रोजेक्टहरु सम्पन्न गर्दै संयुक्त राष्ट्रसँघले जारी गरेको १७ वटा दिगो विकास लक्ष्यहरुलाई लक्षित गरी विद्यार्थीहरुबिच विभिन्न कृयाकलापहरु सञ्चालन गरी सबै प्रकृया पुरा गरेर आइएसए अवार्ड प्राप्त गरेको पाण्डेले बताउनु भयो ।
यो सफलता प्राप्त गर्नमा सहयोग पु¥याउने शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै प्रधानाध्यापक पाण्डेले आगामी दिनमा पनि नवीनतम शैक्षिक प्रविधिको अधिकतम प्रयोग गर्दै उच्च शैक्षिक उपलब्धी हासिल गर्ने गरी शिक्षण कृयाकलाप सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
यस्तै धादिङबेसीकै अर्को विद्यालय न्यू किबो बोर्डिङ पनि उक्त अवार्डबाट पुरस्कृत भएको छ ।
प्रतिक्रिया दिनुहोस