धादिङ ११ माघ
धादिङका थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा १८५ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा २९, धादिङ अस्पतालमा २६, धुनिबेसिमा २२, त्रिपुरासुन्दरीमा १०, गल्छीमा ५, गजुरीमा ५, बेनिघाट रोराङमा ५ र गंगाजमुना गाउँपालिकामा ५ गरि जम्मा १ सय ७ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यस्तै आज थप २३ संक्रमित निको भएका छन् ।
हाल जिल्लाको सक्रिय संक्रमित ६ सय ८६ पुगेको छ । संक्रमित मध्ये ६ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। धादिङमा कोरोना संक्रमण दर ५७ दशमलब ८ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस