धादिङ १० माघ
धादिङका थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज जिल्लामा १७५ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा २९, त्रिपुरासुन्दरीमा ३०, गंगाजमुनामा २४, धुनिबेसिमा १५, गजुरीमा ८, धादिङ आयुर्वेद हेल्थ सेन्टरमा ७, ज्वालामुखिमा ३, रुवी भ्यालिमा ३ र गरि जिल्लामा आज ११९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
यस्तै आज थप २३ संक्रमित संक्रमण मुक्त भएका छन् । हाल जिल्लाको सक्रिय संक्रमित ६ सय २ पुगेको छ । संक्रमित मध्ये ५९५ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ८ सय ४७ पुगेको छ । संक्रमित मध्ये ८ हजार १८४ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस