धादिङ ०९ माघ
धादिङका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज जिल्लामा ९९ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा १७, धुनुबेशीमा १५, गजुरीमा ११, निलकण्ठमा ७ र गंगाजमुनामा ६ गरि जिल्लामा आज ६२ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
आज ९ संक्रमित संक्रमण मुक्त भएका छन् । हाल जिल्लाको सक्रिय संक्रमित ५०६ रहेका छन् । संक्रमित मध्ये ४९९ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर ६२ दशमलव ६ प्रतिशत पुगेको छ । केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस