धादिङ ०८ माघ
धादिङका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ संक्रमित संक्रमण मुक्त भएका छन्।
आज जिल्लामा ९१ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा ५१ जना,धुनिबेशीमा ५, वालामुखीमा ४ र गल्छीमा १ जनागरि जिल्लामा आज ६१ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
हाल जिल्लाको सक्रिय संक्रमित ४५३ रहेका छन्।संक्रमित मध्ये ४४६ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। धादिङमा कोरोना संक्रमण दर ६७ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस