धादिङ ०८ माघ
जिल्ला प्रशासन कार्यलय धादिङले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ ।
कार्यालयका केही कर्मचारीलाई कोरोना सँग मिल्दो जुल्दो लक्षण देखापरेको र कार्यालयमा सेवाग्राहिको अत्याधिक भिडभाड भएको ह्दा कार्यालयबाटै कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार शान्ति सुरक्षा र मुद्दा बाहेकका सबै सेवा बन्द गरिनेछ ।
उनले सेवा लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र कोरोना बिरुद्धको खोप कार्ड लिएर आउन अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस