धादिङ ०७ माघ
धादिङका थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा २०६ एण्टिजेन परिक्षण गरिएकोमा गजुरी गाउँपालिकामा १७ जना, त्रिपुरासुन्दरीमा १५, धुनिबेसि नगरपालिकामा १४, नेत्रवाति डवजोङमा १२, निलकण्ठ नगरपालिकामा ११, गल्छी र ज्वालामुखीमा ४÷४ जना, गंगाजमुना र रुवीभ्यालिमा ३÷३ जना र बेनिघाटमा २ गरि जिल्लामा ८५ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
हाल जिल्लाको सक्रिय संक्रमित ४१५ रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ४१.१ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस