धादिङ ०६ माघ
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारी धादिङले सरकारसँग माग गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारी धादिङले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा प्रत्यक्ष असर पर्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ ।
अखिल क्रान्तिकारी धादिङका अध्यक्ष विनोद आचार्यद्धारा जारी विज्ञप्तीमा जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुसँग सरकार गम्भीर हनुपर्ने र माग पुरा नभए देशभर आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस