धादिङ ०६ माघ
धादिङका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा १११ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा २६, धुनिबेसिमा १४, गजुरीमा ८, बेनिघाट रोराङमा ६, निलकण्ठमा ५, गंगाजमुनामा ५, जिल्ला आयुर्वेद सेन्टरमा ३ र त्रिपुरासुन्दरीमा २ गरि ६९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ५ संक्रमित निको भएका छन् । हाल जिल्लाको सक्रिय संक्रमित ३३० रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
धादिङमा कोरोना संक्रमण दर ६२.१ प्रतिशत पुगेको छ । केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस