धादिङ ०५ माघ
धादिङका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा ६९ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा १६, निलकण्ठमा ६, नेत्रावती डवजोङमा ५, गंगाजमुनामा ४,ज्वालामुखीमा २, सिद्धलेकमा २ र गल्छीमा १ गरि ३६ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा १४ संक्रमित निको भएका छन् । हाल जिल्लामा २६६ सक्रिय संक्रमित रहेका छन् ।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
धादिङमा कोरोना संक्रमण दर झन्डै ५२.१ प्रतिशत पुगेको छ । केही दिनयता जिल्लामा संक्रमण दर बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस